• २०८१ बैशाख १८ मंगलबार

निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

kharibot

चितवन।  भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । 

महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो ।

 महानगरले ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।

महानगरपालिकाको योजना शाखाका प्रमुख इ सन्तोष आचार्यका अनुसार सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई एक वर्ष छ महिना कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए छ महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै