• २०८१ बैशाख १७ सोमबार

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

kharibot

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  

प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले बताएका छन् । उनका अनुसार भ्रमणको आधिकारिक मिति भने अझै तय भइसकेको छैन । 

प्रधानमन्त्री हसिनाको भारत भ्रमण जुन महिनामा हुने भनी गरिएका अनुमानबीच यस्तो घोषणा आएको हो । बङ्गलादेशको पछिल्लो आमनिर्वाचनबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि हसिनाको पहिलो औपचारिक विदेश यात्रा हुनेछ । 

भ्रमणले द्विपक्षीय सम्बन्धको सुदृढीकरणलाई जोड दिँदै व्यापार, सुरक्षा, क्षेत्रीय सहयोग लगायत विभिन्न पक्षमा सहकार्य गर्दै कूटनीतिक सम्बन्ध प्रगाढ बन्ने विश्वास लिइएको छ ।  बङ्गलादेश र भारतबीचको सम्बन्धको रणनीतिक महत्वलाई ध्यानमा राख्दै भ्रमणले आपसी हितका विभिन्न द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

भ्रमणको तयारीका बारेमा समाचार सार्वजनिक भएसँगै बङ्गलादेश र भारत बीचको साझेदारीमा प्रगतिशील आयाम थपिने विश्वास दुबै देशका शुभचिन्तकले व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै