• २०८१ बैशाख १८ मंगलबार

गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार

kharibot

गाईघाट (उदयपुर)। गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ ।

गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै  यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ ।

गाईघाट बजार पिलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए ।

चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए ।

चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ । प्रतिकिलो रु ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम रु ८० देखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् ।

गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै