• २०८१ बैशाख १८ मंगलबार

'सहकारी ठगीमा रास्वपाका उपाध्यक्ष र सहमहामन्त्रीको नाम जोडियो'

kharibot

काठमाडौँ । 'सहकारी ठगी' प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालको संलग्नता रहेको विषय संसदमा उठेको छ ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल  मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् ।

सांसद यादवले भने- 'श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी त्यति बेला सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ । समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ ।'

हाम्रो कृषि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । 

नेपाली कांग्रेसले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै