• २०८१ जेठ ५ शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, कस्तो छ कार्यसूची ?

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्री ले उतर दिनेछन् । 

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको  बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी गराउने छन् । 

उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बिमेस्टेक वडा पत्रको प्रावधान माथी सदनमा छलफल गरियोस तथा अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको  छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै