• २०८१ असार १० सोमबार

रवि लामिछाने छानबिनको दयारामा आउनुपर्छ- डा. महत

kharibot

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारीको छानबिनको दायरमा गृहमन्त्री रवि लामिछाने आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा परिसरमा संक्षिप्त प्रतिक्रिया दिदै प्रवक्ता डा. महतले गृहमन्त्री लामिछाने छानबिनको दयारामा आउनुपर्ने आफुहरुको माग गरेको स्पष्ट गर्दै छानबिनको दयारामा सबै आउनुपर्नेमा आफुहरु स्पष्ट रहेको बताएका हुन् ।

उनले भने,‘आशा गरौँ, यो बीचमा केही समझदारी हुन्छ । यो संसदीय व्यवस्था लामो संघर्षबाट स्थापित गरेका छौं । सबै कोणबाट सहमति गर्दा सबैको लागि राम्रो हुन्छ । सम्वादमा बसेपछि मूलभूत रुपमा छानबिन समितिको मर्म छ, त्यसमा संलग्न सबै छानबिनको परिधिभित्र आउनुपर्छ । भेदभावपूर्ण तरिकाबाट हुनुभएन । त्यसलाई समान किसिमबाट हेरिनुपर्छ । त्यस किसिमबाट छानबिन समिति बन्ने कुरा हो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै