• २०८१ बैशाख ४ मंगलबार

बैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । 

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । 

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै