• २०८१ बैशाख २४ सोमबार

आयोगले भन्यो — गंगामायाको जीवन रक्षा गर

kharibot

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत १५ देखि वीर अस्पतालमै पुनः अनशन बसेकी गोरखाकी गंगामाया अधिकारीको जीवन रक्षाको माग गरेको छ ।

सोमबार विज्ञप्तिमार्फत आयोगले पटक पटकको अनशनले अधिकारीको स्वास्थ्यअवस्था कमजोर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘छोरा कृष्ण प्रसाद अधिकारीको हत्याको छानविन र दोषीउपर कानुनीसजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारी पछिल्लो पटक मिति २०७५ जेष्ठ १५ गतेदेखि पुनःअनशनमा बस्दा पटक–पटकको अनशनकाकारण निजको स्वास्थ्यअवस्थाअत्यन्तकमजोर र नाजुकबन्दै गएको प्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।' 

अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगले सोमबार अनुगमन समेत गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै