• २०८१ बैशाख २५ मंगलबार

सरकारले दुई बुँदे प्रतिबद्धता जनाएपछि गंगामायाको अनसन स्थगित

kharibot

काठमाडौं । गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।

सरकारले दुई बुँदे सहमति गरेर अधिकारीले आफ्नो अनसन स्थगित गरेकी हुन् । 

गत जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर् अनसन तोडाएका हुन् ।  अनसन तोड्नु अघि अधिकारीलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

पत्रमा गत २०७२ असोजमा भएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने, त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने उल्लेख गरिएको छ ।

गंगामायाले अनसन तोडेपछि १० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने बताएकी छन् ।

अधिकारीका छोराको हत्याका आरोपी छबिलाल पौडेल सर्वोच्च अदालतको आदेश अनुसार अहिले प्रहरी हिरासतमा रहेका छन् । 

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै