• २०८१ बैशाख १५ शनिबार

मधेस प्रदेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले सरकारमा सहभागी

kharibot

मुख्यमन्त्री सरोजकुमार यादव

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् ।

सोमबार एमाले संसदीय दलका नेता सरोज यादव मन्त्री नियुक्त भएका हुन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।

मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री रहेका थिए भने जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीले नै सम्हालेका थिए । एमालेले प्रदेशमा चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै