• २०८१ बैशाख १५ शनिबार

कांग्रेसले फिर्ता लियो मधेस प्रदेश सरकारलाई दिएको समर्थन

kharibot

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई शुक्रबार एक पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए ।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले अब संबिधान अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय