• २०८१ बैशाख १७ सोमबार

संसदको एजेन्डा तय गर्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक

kharibot

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो । 

बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक÷सचेतकहरूको उपस्थिति रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ ।

सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै