काठमाडौँ । प्रभु बैंकका डेपुटी सिइओसहितका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेको छ ।
सीआईबीले डेपुटी सिइओ न्यौपाने, तत्कालिन सेञ्चुरी बैंकका पूर्वसिइओ तुलसीराम गौतमसहित केहि कर्मचारीलाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले प्रभु बैंकमा कार्यरत केहि कर्मचारीलाई पनि पक्राउ गरेको छ ।
उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुमाथि सेञ्चुरी कमर्सियल बैंकमा ऋण प्रवाहमा अनियमितता गरेको विषयमा अनुसन्धान भइरहेको थियो ।