काठमाडौँ । युभेन्टसले फ्रोसीनोनेलाईलाई पराजित गरेको छ । इटालियन सिरी ए अन्तर्गतको खेलमा युभेन्टसले फ्रोसीनोनेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने डानीएले रुगानीले एक गोल गरेका थिए । रुगानीले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै युभेन्टसलाई जित दिलाएका थिए ।
त्यसैगरी फ्रोसीनोनेका लागि वालिड चेडड्रिया र मारको ब्रेससियानिनीले एक एक गोल गरेका थिए ।
यो जितपछि युभेन्टसको २६ खेलमा ५७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फ्रोसीनोनेको २६ खेलमा २३ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।