• २०८१ बैशाख १६ आइतबार

इराकविरुद्ध पहिलो हाफमा साबित्राको चार गोल

kharibot

काठमाडौं । नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा अहिले इराकसँग खेलिरहेको छ ।

जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपालले ४-० गोलको अग्रता लिएको छ ।

नेपालका लागि सावित्रा भण्डारीले चार गोल गरेकी छन् । उनले पहिलो गोल खेलको १४औं मिनेटमा गरेकी थिइन् भने दोस्रो गोल १५औं मिनेटमा, तेस्रो गोल खेलको ३७औं मिनेटमा तथा चौथो गोल ४४औं मिनेटमा गरेकी थिइन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो ।

त्यस्तै पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३-० गोल अन्तरले पराजित भएको थियो । समुह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुदै छ । 

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै