• २०८१ बैशाख १७ सोमबार

क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल ए

kharibot

काठमाडौँ । नेपाल ए र क्यानडा- ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदै छ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेलमा क्यानडा-११ ले टस जितेको छ । क्यानडा- ११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै