• २०८१ बैशाख १५ शनिबार

विश्वको सबैभन्दा अग्लो पुरुष र होची महिलाको भेट !

kharibot

काठमाडौँ । विश्वको सबैभन्दा अग्लो पुरुष र विश्वकी कम उचाई रहेकी महिलाको भेट भएको छ ।

विश्वका अग्ला पुरुष टर्कीका ४१ वर्षीय सुल्तान कोसेनले मंगलबार भारतकी ३० वर्षीया ज्योति अमागेलाई भेटेका छन् । सुल्तानको उचाइ ८ फिट २८ इन्च रहेको छ भने ज्योति २ फिट ७ इन्च अग्लो छिन् ।

दुवैको यो दोस्रो भेट क्यालिफोर्नियामा भएको हो । यसअघि दुवै सन् २०१८ मा सँगै देखिएका थिए । मंगलबारको भेटपछि दुवैले फोटो सेसनमा भाग लिएका थिए । दुवैको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएको छ ।

‘द इन्डिपेन्डेन्ट’ को रिपोर्टका अनुसार सन् २००९ मा सुल्तानको नाम विश्वकै सबैभन्दा अग्लो व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । त्यसयता उनको उचाइ २ इन्चले बढेको छ । सुल्तान पेसाले किसान हुन् । उनी टर्की बाहेक अन्य भाषा बोल्न सक्दैनन् । अर्कोतर्फ ज्योति हिन्दी, मराठी र केही हदसम्म अंग्रेजी बोल्न सक्छिन् । सुल्तान र ज्योतिले क्यालिफोर्नियामा सँगै ब्रेकफास्ट गरेको र त्यसपछि केहीबेर मिडियासामु पोज दिएका थिए ।

यसअघि दुवैको पहिलो भेट २०१८ मा इजिप्टमा भएको थियो । 

चिकित्सा विज्ञानका अनुसार सुल्तानको उचाइलाई सामान्य भन्न मिल्दैन । चिकित्सकीय हिसाबले उनी एक्रोमेगालीबाट पीडित छन् । यो पिट्यूटरी ग्रन्थी मा एक ट्युमर को कारण हो । यो ट्युमरले ग्रोथ हर्मोनलाई सामान्य रहन दिँदैन र यो सन्तुलनमा गडबड हुँदा गिगेन्टिज्म प्रक्रिया हुन्छ र जसका कारण उचाइ सामान्यभन्दा धेरै छिटो बढ्छ ।

२०११ मा सुल्तान भर्जिनिया विश्वविद्यालयको मेडिकल सेन्टर पुगेका थिए । यहाँ उनको उपचार भयो र त्यसपछि उनको उचाइ बढ्न छाड्यो । सुल्तानको नाडी र बीचको औंलाको बीचमा ११.२२ इन्चको दुरी छ । उनीसँग विश्वको सबैभन्दा ठूलो हत्केलाको कीर्तिमान पनि छ । यसबाहेक, उनका औंलाहरू पनि सबैभन्दा ठूलो छन् । उनको उचाइ १ फिट २ इन्च छ । ज्योतिको उचाइ सुल्तानको उचाइभन्दा चार गुणा कम छ ।

ज्योतिको उचाइ लगभग सुल्तानको जुत्ता जत्तिकै छ ।

रिपोर्टका अनुसार ज्योति अभिनेत्री हुन् । उनको उचाइ २.७ फिट छ । चिकित्सकीय भाषामा भन्नुपर्दा ज्योतिलाई एकोन्ड्रोप्लासिया नामक रोग लागेको छ । यो उचाइको कमीसँग सम्बन्धित विशेष रोग हो । ज्योतिले १६ डिसेम्बर २०११ मा आफ्नो १८औं जन्मदिन मनाइन् र सोही दिन उनको नाम सबैभन्दा कम उचाइ भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै