• २०८१ बैशाख १८ मंगलबार

सरकारले बिदा नदिए पनि आजको दिन एतिहासिक जनयुद्ध दिवस हो : गृहमन्त्री

kharibot

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्।

काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुको महान दिन भएको बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।

‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजको दिन एतिहासिक जनयुद्ध दिवस हो र क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन्’, गृहमन्त्री श्रेष्ठले भने, र त्यसकारण पनि आज हामीले यो मनाइरहेका छौं ।’

उनले सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएको बिदालाई रोक लगाए पनि फेरि सरकारले अर्को निर्णयबाट राष्ट्रिय उत्सवको रुपमा जनयुद्ध मनाउने व्यवस्था गर्ने बताएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै