• २०८१ बैशाख १७ सोमबार

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

kharibot

काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।

ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको बताए ।

उपप्रधानमन्त्री खड्काले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उनिसँगको सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे । नेपाली खेलाडीहरूले देशको शीर विश्वमा उच्च बनाएको भन्दै सरकारले पनि खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गरे ।  

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै