• २०८१ बैशाख १८ मंगलबार

माल्दिभ्समा सत्तारुढ र विपक्षी सांसदबीच झडप

kharibot

काठमाडौँ । माल्दिभ्सको संसदमा विपक्षी र सत्तारुढ दलका सांसदबीच झडप भएको छ । आइतबार माल्दिभ्सको संसदमा राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई लिएर झडप भएको थियो ।

यो मतभेद यति बढ्यो कि मुइज्जु सरकारका समर्थक र विपक्षी सांसदहरूबीच झडप भयो । कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध गरेको पनि देखियो ।

अवस्था यति बिग्रियो कि केही सांसदको टाउकोमा चोट लाग्यो र एक सांसदलाई अस्पताल लैजानु परेको थियो । संसदमा भएको यो झगडाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

माल्दिभ्समा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स र पिपुल्स नेसनल कांग्रेस अर्थात पीपीएम र पीएनसीबीच गठबन्धन छ । यो गठबन्धनको सरकार हो । यो गठबन्धनले चार जना नयाँ मन्त्रिपरिषद् ल्याउन चाहन्छ । तर विपक्षी दलहरु यो चाहँदैनन् ।

माल्दिभ्सको प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी वा एमडीपीले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि चार जना मन्त्रिपरिषद् सदस्यको संसदीय अनुमोदन रोक्ने निर्णय गरेको छ । यसपछि मोहम्मद मुइज्जु सरकारलाई समर्थन गर्ने सांसदहरूले विरोध जनाएका थिए। जसका कारण संसदको बैठक पनि अवरुद्ध भएको थियो ।

झडपका क्रममा कान्दथिमुका सांसद अब्दुल्लाह शाहीम अब्दुल हकीम शाहीम र केन्दीकुलहुदुका सांसद अहमद इसाबीच झडप भएको थियो । झडपका क्रममा दुवै सांसद सभामुखको कुर्सी नजिकै लडेका थिए । शहीमको टाउकोमा चोट लागेको छ । अल्पसंख्यक नेता मुसा सिराजले पनि यो झगडा रोक्न खोजेका थिए ।

सांसद शाहीमलाई अस्पताल लैजानुपरेको थियो । हसन जहीर नामका सांसदको पनि औंलामा गम्भीर चोट लागेको छ । सो झडपका कारण मन्त्रिपरिषद् सदस्य अनुमोदनको विषयमा मतदान हुन सकेन ।

सरकार समर्थक र नेताहरु अहिले संसद बाहिर विरोध प्रदर्शन गरिरहेका छन् । नयाँ मन्त्रिपरिषद्लाई अनुमोदन गर्नुपर्ने उनीहरुको माग छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै