• २०८१ बैशाख १७ सोमबार

माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा एक तिहाइ कमी

kharibot

माले । गत वर्षको तुलनामा यो बर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्धमा तनाव आएसँगै माल्दिभ्स आउने पर्यटक सङ्ख्यामा पनि कमी देखिएको हो । 

सन् २०१९ को मार्च सम्ममा २७ हजार २२४ जना भारतीय पर्यटक आएका थिए । पर्यटन मन्त्रालयको सन् २०२३ को तथ्याङ्कअनुसार सन् २०२३ को मार्च ४ सम्ममा माल्दिभ्समा ४१ हजार ५४ भारतीय पर्यटकले भ्रमण गरेका थिए । माल्दिभ्सको अधाधु अनलाइनका अनुसार यो बर्षको पहिलो दुई महिनामा २७ हजार २२४ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन् । गत वर्षको तुलनामा यो सङ्ख्या १३ हजार ८३० ले कम हो । 

गत वर्षको पहिलो दुई महिनाको अवधिमा माल्दिभ्समा पर्यटकका लागि भारत १० प्रतिशत बजार हिस्साका साथ दोस्रो ठूलो स्रोत थियो । यद्यपि, यो बर्ष भारतीय पर्यटकको सङ्ख्या छ प्रतिशतका साथ सूचीको छैटौं स्थानमा रहेको छ ।

माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गन्तव्यका रुपमा विकास गर्न आह्वान गरेका थिए । 

नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर भाइरल पोस्टको कडा विरोध गरेपछि यो विषयले ठूलो कूटनीतिक विवाद निम्त्याएको थियो । तीनै जना उपमन्त्रीलाई निलम्बनमा राखिएको छ ।

यस वर्षको सुरुमा माल्दिभ्सको पर्यटन उद्योगका सरोकारवाला अधिकारीले भारतमा बहिष्कार अभियानले गति लिएको र लोकप्रिय भारतीय फिल्म स्टारहरूको समर्थन प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एण्ड टुर अपरेटर्स (माटाटो) ले भारतीय पाहुनाको बुकिङ रद्द गर्दा परेको असरबारे सर्वेक्षण गरेको थियो तर उक्त निष्कर्ष सार्वजनिक गरिएको थिएन ।

सन् २०२१/०२३ सम्म माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ  । यद्यपि, यस वर्ष अहिलेसम्म सबैभन्दा बढी अर्थात् ५४ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनको भएको र माल्दिभ्सको पर्यटनका लागि चीन नै शीर्ष बजार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै