काठमाडौं । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश विष्णु रेग्मीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
विहिबार बम्जनलाई जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले अदालतमा पेस गरिएको थियो ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार साँझ पक्राउ गरेर बुधबार काठमाडौँमा सार्बजनिक गरको थियो भने गएराति उनलाई सर्लाही ल्याइएको थियो ।