• २०८१ बैशाख १७ सोमबार

राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस आह्वान

kharibot

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिससहित आवेदन पेस गर्न आह्वान गरेको हो ।

मन्त्रालयले सम्मानका लागि समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका योग्य नेपाली युवा नागरिक, युवा समूह तथा युवा सङ्घसंस्थाको राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजात पेस गर्न भनेको छ ।

यस्तै, कार्यविधिको अनुसूची २ बमोजिम सिफारिससहित अनुसूची १ (क) वा १ (ख) अनुसारको आवेदन उक्त सूचना प्रकाशित भएको तीस दिनभित्र मन्त्रालयमा दर्ता गराउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै