• २०८१ बैशाख १७ सोमबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

kharibot

इस्लामावाद । पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पटकसम्म पाकिस्तानको प्रधानमन्त्री भएका नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको छ ।

आगामी फेब्रुअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका सरिफ अहिले जमानतमा छन् भने उनका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा छन् । “मैले सबै मामिला अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,” सरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भने ।

इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपिल गरेका छन् । 

सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उहाँलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो । 

तीन पटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका सरिफले यो आरोप राजनीतिक प्रर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन् ।  

पाकिस्तानको सैन्य प्रतिष्ठानसँग उनको सम्बन्धमा वृद्धि भएसँगै उनको राजनीतिक भाग्य पुनः उदय भएको छ पाकिस्तानको सैन्य प्रतिष्ठानले पाकिस्तानको इतिहासको आधाभन्दा बढी समय प्रत्यक्ष रूपमा शासन गरेको र असीम शक्तिको आनन्द लिइरहेको छ । 

राजनीतिक विश्लेषक हसन अस्करीले भने, “अब सबै कुरा नवाज सरिफको पक्षमा अघि बढिरहेको छ ।” “यो शक्तिशाली व्यक्तित्व र संस्थाहरूद्वारा सञ्चालित राजनीतिक खेल जस्तो देखिन्छ”, उनले भने, “खानको सेनासँगको शानदार सम्बन्ध विच्छेद हुनु सरिफको भाग्य परिवर्तनको अवसर बनेको छ ।” 

क्रिकेटका प्रसिद्ध पूर्व खेलाडीसमेत रहेका खानलाई अर्को वर्ष हुने निर्वाचनमा प्रतिस्पर्धाबाट रोक्नको लागि योजना बनाइएको भनिने धेरै मुद्दामा जेल चलान गरिएको छ ।

नवाज सरिफका कान्छा भाइ शहबाज खानलाई सत्ताच्युत गर्दै विपक्षी दलहको गठबन्धनको नेतृत्व गरी पाकिस्तानको सत्तामा आएका थिए । 

त्यो सरकारले कानुनमा परिवर्तन गर्दै सांसदहरूलाई चुनाव लड्न अयोग्य ठहरिने प्रावधानलाई पाँच वर्षसम्म सीमित गर्यो र सरीफको पुनः आगमनका लागि मार्ग प्रशस्त गर्यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै