• २०८१ पौष ८ सोमबार

उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ जनालाई बाहिर निकाल्ने प्रयास सफल हुदै

kharibot

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास अन्तिम चरणमा पुगेको छ । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास १६ दिन सफलता नजिक पुगेको हो ।

बारम्बार असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट नयाँ सुरुङ खनेपछि अब उनीहरुलाई सकुशल बाहिर निकाल्न लागिएको हो । उनीहरुलाई निकाल्न करिब ५८ मिटरको सुरुङ खनिएको छ । 

रिपोर्टका अनुसार सुरुङमा फसेका सबै मजदुरको स्वास्थ्य अवस्था टिक रहेको छ । उनीहरुलाई टेलिफोन सेवा उपलब्ध गराइएको र उनीहरुले परिवारका सदस्यहरुसँग लगातार कुराकानी गरिरहेको उत्तराखण्ड राज्यका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

साथै उनीहरुलाई बाहिर निकाल्ने काम अन्तिम चरणमा पुगेपछि सेनाको हेलिकप्टर र जिल्ला अस्पताललाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

गत मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपबको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र  बिजुली पुर्याइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै