• २०८१ बैशाख १८ मंगलबार

फिल्म चलुन्जेलनै निर्माताले ५० प्रतिशत शेयर पाउने सहमति, ‘दिमाग खराब’ को माग पुरा

kharibot

काठमाडौँ । फिल्म दिमाग खराब र हलवालाको संस्था नेपाल चलचित्र संघबीच फिल्म चलुन्जेलनै निर्माताले ५० प्रतिशत शेयर पाउने सहमति भएको छ ।

कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको माग प्रदर्शक र हलवालाको संस्था नेपाल चलचित्र संघ सहमत भएको हो ।

अब नेपाली फिल्मले हलमा प्रदर्शन भैइन्जेल ५० प्रतिशत सेयर पाउनेछ । यसले नेपाली निर्मातालाई ठूलो राहत भएको छ ।

यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०-५० प्रतिशत सेयर बाँडफाँड गर्थे भने तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर लिने गर्दथे । जसले गर्दा राम्रो व्यापार गर्ने फिल्मका निर्मातालाई ठूलो मार परिरहेको थियो । ‘दिमाग खराब’का निर्माताले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै रोक्ने चेतावनी दिएपछि संघले फिल्मका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्न वार्ता टोली नै गठन गरेको थियो । 

तीन दिनको छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो । सेयर बाँडफाँडको विशेषमा सहमति जुटेसँगै अब ‘दिमाग खराब’को प्रदर्शन यथावत् रहने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै