• २०८१ श्रावण १२ शनिबार

विश्वकप सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

kharibot

काठमाडौँ । जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रीका समुह चरणमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै अस्ट्रेलियाले पनि ९ खेल मध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।

पछिल्लो पटक २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले २०१९ को विश्वकपमा सेमिफाइनलमा हार बेहोरेको थियो । त्यस्तै दक्षिण अफ्रिका २०१५ को विश्वकपपछि फेरी सेमिफाइनल खेल्दै छ ।

अस्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो ।

अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका योसहित पाँच पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको छ ।

दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो । 

एकदिवसीय खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०९ खेल भएका छन् । जसमा अस्ट्रेलिया ५० पटक विजयी भएको छ भने दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ । त्यसैगरी एक खेलको नतिजा आएको थिएन भने ३ खेल बराबरीमा सकिएको थियो ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ट्राभिस हेड, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), मार्कस स्टोइनिस, जोश हेजलवुड र एडम जाम्पा ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११- टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्करम, डेभिड मिलर, एन्डीले फेहलुकवायो, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज र गेराल्ड कोएत्जी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै