• २०८१ बैशाख १८ मंगलबार

निर्माता सन्तोष सेनको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक

kharibot

काठमाडौँ । ‘प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनको आगामी फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । आइतबार लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको १ मिनेट १४ सेकेण्ड लम्बाईको टिजरले फिल्म एक्सन प्रधान हुने संकेत गरेको छ । 

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको टिजरलाई ‘फर्स्ट ल्याण्डिङ’ भनिएको छ । फिल्मका लागि कलाकारहरु भने निश्चित भैसकेका छैनन् । अब दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे सार्वजनिक गरिने निर्माता सेनले बताएका छन् । उनी स्वयंले फिल्मको निर्देशन गर्नेछन् ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर फिल्म केन्द्रित रहने निर्देशक सेनले बताए । ‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ लड्ने क्रममा देशी-विदेशी कुटिलहरु प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा ‘बलिदान’मा चित्रण गर्दैछौँ,’ सेनले बताए । उनी फिल्मलाई सार्वभौम महाकथाको रुपमा दाबी गर्छन् ।

फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’मा मनोज पण्डित छन् ।

फिल्मको प्रदर्शन मिति आगामी वर्षको दशैंको फूलपातीलाई घोषणा गरिएको छ । फिल्मको आगामी पुस अन्तिमबाट छायांकन थालिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै