• २०८१ कार्तिक ६ मंगलबार

इरानविरुद्ध कप्तान देव खनालको शतक

kharibot

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनालले इरानविरुद्ध शतक प्रहार गरेका छन् ।

जारी एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत इरानविरुद्धको खेलमा खनालले शतक प्रहार गरेर आउट भएका छन् ।

उनले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । शतक पुरा गर्नासाथ उनी आउट भएका थिए ।

यू-१९ प्रिमियर कपको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । यो समाचार तयार गरुन्जेल नेपालले २४ ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै