• २०८१ जेठ ६ आइतबार

आफ्नो पार्टीका मन्त्रीहरुले गरेको राम्रो कामको भाषण गर्न पाइन- प्रदीप पौडेल

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका मन्त्रीले सरकारमा गरेको राम्रो कामको भाषण गर्न नपाएको  बताएका छन् ।

कांग्रेस केन्द्रीय समिती बैठकमा आफ्नो धारणा राख्दै पौडेलले आफ्नो पार्टीका मन्त्रीहरुले गरेको राम्रो कामको भाषण गर्न नपाएको गुनासो गरेका हुन् ।

उनले भने- 'हाम्रा कुनै पनि साथी (मन्त्री)ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ । सरकारमा बस्नु मात्र उपलब्धि होइन । सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन ।'

पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाउदै खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढेको दाबी गरे । 

उनले कांग्रेस सरकारमा बसेकाले पार्टी लोकप्रिय हुने गरी काम गर्नुपर्ने टिप्पणी गर्दै पौडेलले युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको विष्यमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै