• २०८१ बैशाख १७ सोमबार

भारत र क्यानाडा आमने सामने, दुवैका उच्च कुटनीतिज्ञ निष्काशित

kharibot

काठमाडौँ । भारत र क्यानाडाबीच नयाँ विवाद शुरु भएको छ । गत जुनमा खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या भएको विषयमा क्यानाडाले भारत सरकारको हात रहेको आरोप लगाउदै भारतीय इटेलिजेन्सका प्रमुख (रअ) लाई क्यानडाबाट निष्कासित गरेपछि विवाद शुरु भएको हो । 

क्यानडाले आफ्ना रअ प्रमुखलाई पाँच दिन भित्र देश छोड्न आदेश दिएपछि भारतले पनि त्यसको काउन्टर दिदै क्यानडाका वरिष्ठ कुटनीतिज्ञलाई निष्काशित गरेको छ । गत जुनको घटनालाई लिएर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालै उक्त गोलीबारीको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएका छन । 

सीबीसीको उल्लेखित समाचार अनुसार, जस्टिन टुडोले भनेका छन् कि देशको सुरक्षा एजेन्सीहरूले भारत सरकार र खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्या बीचको सम्बन्धको अनुसन्धान गरिरहेको छ।

ओटावाको हाउस अफ कमन्समा बोल्दै जस्टिन टुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले भारतीय सरकारी एजेन्टहरू र क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या बीचको सम्भावित सम्बन्धको विश्वसनीय आरोपहरू सक्रिय रूपमा खोजिरहेका छन्।’

हरदीप सिंह निज्जरको गत १८ जुनमा क्यानडाको एक गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो।

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले निज्जरलाई २०२२ मा पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँमा एक हिन्दू पुजारीको हत्याको षड्यन्त्र गरेको आरोप लागेपछि उनलाई १० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो। यसअघि एनआईएले निज्जरविरुद्ध भारतविरुद्ध आतंकवादी गतिविधि गर्ने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

यो उल्लेखनीय छ कि क्यानाडाली सुरक्षा एजेन्सीहरूसँग भारत सरकारका एजेन्टहरूले निज्जरको हत्या गरेको विश्वास गर्ने कारणहरू छन् भनेर ट्रुडोले भनेका थिए । क्यानडाका एजेन्सीहरूले निज्जरको हत्यामा भारतीय षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेका छन्। ट्रुडोले जोड दिए कि क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा कुनै पनि संलग्नता अस्वीकार्य छ । यसैबीच, क्यानडा सरकारले एक वरिष्ठ भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानाडाले क्यानडामा भारतीय इटेलिजेन्सका प्रमुखलाई निकाला गरेको मिडिया रिपोर्टमा बताइएको छ ।  

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडाका विदेशमन्त्री जस्टिन ट्रुडोले संसदमा निज्जरको हत्यालाई भारतसँग जोडेको भनाइको प्रत्यक्ष खण्डन गरेको छ । साथै विदेशमन्त्री मेलानी जोलीको भनाइको पनि आलोचना गरेको छ । विदेश मन्त्रालयले भारत बलियो लोकतान्त्रिक मुलुक भएको र त्यहाँ विधिको शासनप्रति प्रतिबद्धता रहेको बताएको छ । खलिस्तानी आतंककारी र कट्टरपन्थीको गतिविधिसँग सम्बन्धित मामिलामा क्यानाडा सरकारले केही गर्न नसक्नु हाम्रो लागि लामो समयदेखि चिन्ताको विषय भएको पनि उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै