• २०८१ बैशाख २३ आइतबार

अर्काे महिना आयोग गठन हुन्छ- रमेश लेखक

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करीका विषयमा छानबिन गर्न आगामी असोज ५ गते सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन हुने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन हुने जानकारी दिए । उनले यसअघि भएका सबै खालका सुन तस्करीको विषयमा सो आयोगले छानबिन गर्ने बताए ।

कानुनी रुपमा कुनै कमजोरी रहेको वा सुधार गर्नुपर्ने विषय भए त्यसका बारेमा समेत आयोगले सरकारलाई सुझाव दिने उनको भनाइ थियो ।

उनले आजको सहमतिपछि अब सङ्घीय संसद्को दुवै सदनको बैठक नियमित रुपमा सञ्चालन हुने जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै