• २०८१ बैशाख २३ आइतबार

छानविन समितिको रटान मात्रै निकास होइन्- रमेश लेखक

kharibot

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले, सरकारी संयन्त्रले काम गरिरहेको बेला छानविन समितिको मात्रै अडान लिनु अस्वाभाविक भएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभा बैठकपछि, संचारकर्मीलाई प्रतिक्रिया दिदैँ, उनले भने ‘संसदमा प्रतिपक्ष दलले सुनको विषयमा उच्चस्तरीय आयोग बनाउँनु पर्छ भन्ने प्रतिपक्षको माग हो। सरकारले भने अनुसन्धान गर्ने आयोगहरुले प्रभावकारी रुपले काम गरिरहेका छन् । उनिहरु कमजोर हुने, उनिहरुमाथि हस्तक्षेप हुने काम गर्नुहुन्न भन्ने छ ।’  

यसअघि बनेका छानविन समितिको समेत राम्रो इतिहास नभएको भन्दै उनले काम भइहरेको बेला त्यसलाई सहयोग गर्नु आवश्यक भएको बताए ।

‘दुईवटा धारणाको बीचमा सरकारका जुन स्थायी निकायहरु छन्, उनिहरुले काम गरिरहेका अवस्था छ । उनिहरुलाई काम गर्न दिने र राज्य व्यवस्था समितिले त्यसमा हेर्ने, जानकारी लिन सक्छ र कतै कमजोरी छ भने भन्न पनि सक्छ । स्थायी निकायहरुले काम गर्न सकेन भने संसदले आयोगको लागि सुझाव गर्छ नि ।’ उनले भने ‘इतिहासमा आयोगहरु पनि राम्रो छैन् त्यसकारण स्थायी निकायहरुलाई काम गर्न दिने त्यसमाथि संसदीय अनुगमनको व्यवस्था गरौं । त्यसले पनि पुगेन भने आयोगको कुरा आउँछ । ’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै