• २०८१ बैशाख २३ आइतबार

सरकार परिवर्तनका विषयमा छलफल भएको छैन- रमेश लेखक

kharibot

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नगरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको उनको भनाइ छ ।

आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिए ।

कांग्रेस संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राखेको सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिने उनको भनाइ छ ।

गत शुक्रबार र आज बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा सांसदहरूले विभिन्न भावनाहरू, विचारहरू व्यक्त गरेको र त्यसलाई समेटेर भोलि नै महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै