• २०८१ बैशाख १८ मंगलबार

'रकी और रानी' मा धर्मेन्द्र-शबानाको लिपलक सिन !

kharibot

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ शुक्रबार रिलिज भएको छ । 

फिल्ममाथि विश्लेषकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् र पहिलो दिन फिल्मले बक्स अफिसमा ११ करोड भारु कलेक्सन गरेको छ ।

जसमा रणवीर सिंह र आलिया भट्टको केमेस्ट्रीले मात्र मानिसलाई मन पराउँदैन, धर्मेन्द्रको चरित्रले पनि फ्यानहरूको मन जितिरहेको छ । 

यसै क्रममा फिल्ममा अभिनेत्री शबाना आजमीसँग धर्मेन्द्रको लिपलक देखेर सबै जना छक्क परेका छन, जसको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

वास्तवमा ८७ वर्षको उमेरमा धर्मेन्द्रले फिल्ममा रणवीरको हजुरबुवाको भूमिका निभाइरहेका छन् । जहाँ जया बच्चन अभिनेताकी पत्नीको भूमिकामा छिन् ।

तर दुवै एउटै घरमा अपरिचित जस्तै बस्छन् किनभने विवाहको वर्षौंपछि पनि धर्मेन्द्र शबाना आजमीलाई माया गर्छन् । यस्तो अवस्थामा रणवीर र आलियाले धर्मेन्द्र र शबानालाई मिलाउने प्रयास गर्छन् । सोही क्रममा धर्मेन्द्र र शबानाको लिपलक फिल्ममा देखाइएको छ ।

जसलाई लिएर अहिले सामाजिक सञ्जालमा नेटिजन्सले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । यसबारे प्रतिक्रिया दिँदै एक प्रयोगकर्ताले भने, 'यस्तो पटक्कै अपेक्षित थिएन ।'

यसअघि धर्मेन्द्रलाई पर्दामा रोमान्स गर्ने कुरा गर्दै शबानाले एउटा न्यूज पोर्टललाई भनेकी थिइन, ‘मेरो र धर्मेन्द्रको क्यारेक्टरको रोमान्सको सम्पूर्ण आइडिया हिन्दी फिल्मका बिट्स र टुक्राहरूमा आधारित छ, त्यसैले म यसबारे धेरै कुरा भन्न सक्दिन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै