• २०८१ बैशाख १७ सोमबार

गगनलाई मिनेन्द्रको सुझाव- संसदीय दलको खनायोमा मन नडुलाउनुस्

kharibot

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले महामन्त्री थापाले संसदीय दलको नेतामा मन नडुलाए सभापति देउवा र महामन्त्री दुवैको इन्ट्रेस्ट नबाँझिने धारणा राखेका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा रिजालले गगन थापालाई संसदीय दलको नेतामा मन नडुलाउन सुझाए । 

उनले भने,‘सभापतिको पनि २०८४ को निर्वाचनमा पार्टी राम्रो बनोस् बलियो बनोस भन्ने छ,महामन्त्री थापा पनि ०८४ सम्म यति काम गरौं र त्यसपछि पार्टीलाई मज्जैले अगाडि लैजान सकिन्छ भनेर लाग्नुभएको छ । तर, दुवैको मत कहाँनिर बाँझियो भन्दा खोज्दै जाँदा मलाई लाग्यो यो संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाएदेखि सभापति र महामन्त्रीको ध्यान एकै तर्फ हुन्छ जस्तो लाग्यो ।’ 

त्यस्तै, उनले पार्टीमा निणर्य गरिहान्ने तर कुनै पनि निर्णयलाई अन्तिम सम्म लैजानको लागि कार्यान्वयन गर्ने प्रवृति नभएको भन्दै त्यस्तो प्रवृतिबाट बाहिर आउनुपर्ने धारणा राखे । 

छिटो निणर्य गर्ने भन्दा विस्तारै निणर्य गरेर छिट्टो त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने उनले बताए । नेता रिजालले पार्टीले एकलौटि रुपमा केन्द्रमा बसेर निणर्य गर्ने प्रवृतिलाई त्यागेर जिल्ला देखि प्रदेश र स्थानीय तहलाई अधिकार बाँड्नुपर्नेमा जोड दिएका छन् ।

साउन २ गतेदेखि जारी काँग्रेस केन्द्रीय समितिको बैठक अब सोमबार दिउसो ३ बजेदेखि बस्ने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय