• २०८१ बैशाख १७ सोमबार

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

kharibot

सिङ्गापुर । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । 

यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार  पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ  सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मङ्गलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्यूरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै