• २०८१ जेठ ५ शनिबार

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । 

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सोपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगलाई निरन्तरता दिने विषयमा उनीहरुबीच छलफल भएको थियो ।

साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को सङ्कटमा प्राप्त भएको विशेष सहयोगका लागि अमेरिकाप्रति कृतज्ञता व्यक्त गरे । 

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले अमेरिकामा ठूलो सङ्ख्यामा रहेका नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

सो अवसरमा उहाँहरूबीच दुई देश बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्षमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्त्वबारे चर्चा भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै