• २०८१ बैशाख २३ आइतबार

राजनीतिक दलबाट नेपाली सेनामाथि आक्रमण भयो- परराष्ट्रमन्त्री साउद

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।

जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् । 

‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उनले भने । 

आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै