• २०८१ जेठ ४ शुक्रबार

आदिपुरुषको भारतमा पनि विरोध, प्रतिबन्ध लगाउन माग

kharibot

काठमाडौँ । नेपालमा विवादित संवादका कारण प्रदर्शन बन्द गरिएको फिल्म आदिपुरुषको प्रदर्शन रोक्न भारतमा पनि आवाज उठ्न थालेको छ ।

अल इन्डिया सिने वोर्कर्स एसोसियसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र्र लेख्दै आदिपुरुषको प्रदर्शन तत्काल रोक लगाउन माग गरेको छ ।

एसोसियसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले एक पत्र लेख्दै आदिपुरुष रामायाण नभएको भन्दै फिल्मलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेको हो ।

एसोसियसनले आदिपुरुषमा प्रयोग भएका संवाद र कथाले भगवान राम र हनुमानको छबि बिगारेको आरोप लगाउदै यस फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा ठेस पुरयाएको उल्लेख गरेको छ ।

एसोसियसनले आदिपुरुषलाई सिनेमा घर र ओटीटी प्लेटफर्महरुमा प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

साथै एसोसियसनले फिल्मका लेखक तथा निर्देशक ओम राउत तथा संवाद लेखक मनोज मुन्तसिर र फिल्मका निर्माताहरुलाई हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्याएकोमा एफआइआर दायर गर्नेपर्ने बताएको छ ।

नेपालमा भने यस फिल्ममा प्रयोग भएको संवादको विरोध गर्दै काठमाडौँ, पोखरा र धरान लगायतका शहरमा प्रदर्शनमा रोक लगाइएपछि यसका वितरकहरुले देशभरबाट फिल्मको प्रदर्शन रोकेका छन् ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै