• २०८१ जेठ ३ बिहीबार

वितरकले देशभर रोके आदिपुरुषको प्रदर्शन

kharibot

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’नेपालभर प्रदर्शन रोकिएको छ ।

फिल्मका नेपाली वितरकले देशका विभिन्न स्थानीय तहमा प्रदर्शन रोकेपछि देशभर प्रदर्शन रोक्ने निर्णय गरेका हुन् ।

अहिलेसम्म काठमाडौँ र पोखरा महानगर तथा धरान उपमहानगरले आदिपुरुषको प्रदर्शन रोकेका थिए ।

आदिपुरुषको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवादका कारण सो संवादलाई हटाउन ३ दिनको अल्टिमेटम दिएकोमा सो समयमा नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए ।

उनको निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् । साथै पोखरा महागरपालिका र धारा उपमहानगरले पनि आदिपुरुष प्रदर्शनमा रोक लगाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै