• २०८१ जेठ ६ आइतबार

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका तीन पूर्वपदाधिकारी राजस्व चुहावट मुद्दामा दोषी ठहर

kharibot

काठमाडौं । कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा राजस्व चुहावट मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बुधबार उनीहरूलाई राजस्व चुहावट मुद्दामा दोषी ठहर गरेको हो ।

उनीहरुलाई सजायका लागि अर्को पेसी तोकिएको छ ।  उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७८ असार ९ गते तत्कालीन कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको क्षेत्राधिकार बाहिर गएर बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उनीहरूविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३२५ रुपैयाँ बराबरको कर छुट गरेर राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

महत, ढकाल र शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम एक अर्ब ३३ लाख २० हजार ३२५ रुपैयाँ बराबर बिगो दाबी गरिएको छ । त्यस्तै, ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (झ) बमोजिम कैद र दफा ७ बमोजिम जरिबाना माग गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै