• २०८१ बैशाख ७ शुक्रबार

लागुऔषधसहित २ जना पक्राउ

kharibot

काठमाडाैँ । माेरङ र अछाममा गरी लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

मोरङकाे  विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ वर्षीय आशीष ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

अछामकाे बान्निगढी जयगढ गाउँपालिका-४ तिमल्सेनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही गाउँपालिका-३ धाराशैन बस्ने २१ वर्षीय शंकर ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै