• २०८१ बैशाख १५ शनिबार

लागुऔषधसहित दुईजना पक्राउ

kharibot

डडेल्धुरा। अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २७ मिलिग्रामसहित दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा अछाम साफे नगरपालिका-३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र  २८ वर्षीय असोक स्वार रहेका छन् ।

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै