• २०८१ बैशाख १८ मंगलबार

लागुऔषधसहित दुई महिला पक्राउ

kharibot

काठमाडौँ।   सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।

यसैगरी परियारको साथबाट प्रहरीले रु छ हजार तीन सय ५० तथा बस्नेतको साथबाट रु चार लाख १० हजार नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।

उनले भने, “पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै