• २०८१ बैशाख २१ शुक्रबार

टियु क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन बजेट बिनियोजन गर्ने सरकारको निर्णय

kharibot

काठमाडौँ । सरकारले किर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई अन्तराष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

साथै मन्त्रिपरिषदको बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै