• २०८१ बैशाख २२ शनिबार

ओमानलाई हराउदै युएई एशिया कपमा छनौट

kharibot

काठमाडौँ । युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ ।  एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो ।  

युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन मात्र बनाएको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।  

एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एशिया कप खेल्ने छ ।   त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एशिया कप खेल्ने छन् ।  यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै