• २०८१ बैशाख २१ शुक्रबार

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

kharibot

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो ।

यस अघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४: १५ बजेदेखि हुने छ ।

त्यस्तै प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै