• २०८१ बैशाख १७ सोमबार

युएईविरुद्ध गुलशन झाको अर्धशतक

kharibot

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ । 

यसैक्रममा नेपाली ब्याट्सम्यान गुलशन झाले अर्धशतक पुरा गरेका छन् । गुलशनले नेपाल संकटमा रहेको बेला उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । गुलशनले ७५ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा यो उनको दोस्रो अर्धशतक हो ।

अहिले भिम सार्कीले ३० रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले २८ ओभरमा ३ विकेट गुमाएर ९६ रन बनाएको छ । अब नेपाललाई जितका लागि २२ ओभरमा २२ रन आवश्यक रहेको छ ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै