• २०८१ जेठ ६ आइतबार

चीनबाट ऋणमा ल्याईएको २१ वर्षीया पाण्डाको थाइल्याण्डमा मृत्यु

kharibot

काठमाडौँ । थाइल्याण्डको चिडियाखानामा २१ वर्षीया पाण्डाको मृत्यु भएको छ । यो पाण्डालाई वातानुकूलित पिंजरामा राखिएको थियो र थाइल्याण्डका मानिसहरूले यसको गतिविधिहरू २४ घण्टासम्म प्रत्यक्ष प्रसारणमार्फत हेर्न सक्थे।

सन् २००३ मा थाइल्याण्ड सरकारले चीनबाट ऋणमा ३ पाण्डा लिएको थियो । ऋणको अवधि अक्टोबरमा सकिँदै थियो र त्यसपछि सीधा उडानमा चीन पठाइने सहमति थियो तर त्यसअघि नै यी महिला पाण्डाको मृत्यु भयो। यसको नाम लिन हुइ हो ।

जोडीको ४ वर्षअघि मृत्यु भयो

लिन हुईको मेल पार्टनरको नाम चुआंग चुआंग थियो। सन् २०१९ मा हृदयघातका कारण उनको निधन भएको थियो ।

चिडियाखानाका निर्देशकले भने लिन हुईको स्वास्थ्य केही दिनदेखि राम्रो थिएन। मंगलबार उनको नाकबाट रगत आउन थाल्यो । चिकित्सकको धेरै प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन । उनको बुधबार निधन भएको हो ।

निर्देशकले थप भने– लिनको मृत्युको छानबिन गर्न आदेश दिइएको छ । सबैभन्दा पहिले हामी उनको पोस्टमार्टम गर्छौं।

लिनले थाइल्याण्डको विलासी चिडियाखानाको वातानुकूलित घेरामा करिब २० वर्ष बिताइन्। उनलाई थाइल्याण्डका जनताले माया गर्थे । लिनको मृत्युपछि थाइल्याण्डले अब चीनलाई ३ करोड ५७ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै